काठमाडौँ, १२ चैत । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढेसँगै ठगीका घटनामा पनि वृद्धि भएको छ । गत आर्थिक वर्षको ८ महिनाको तुलनामा चालु आवमा वैदेशिक रोजगमारीका नाममा हुने ठगी दोब्बरले बढेको हो ।
वैदेशिक रोजगार विभागमा गत वर्ष २३ करोड २२ लाख रुपैयाँ बराबर व्यक्तिगत ठगी गरेको उजुरी परेको थियो । चालू आवको ८ महिनामा यो रकम ५५ करोड ९५ लाख रुपैयाँ पुगेको छ । विभागले सबै प्रकारका गुनासो तथा उजुरी लिने र यसको अनुसन्धानमा कडाई गर्न सुरु गरेपछि ठगी रकमसमेत बढेको हो ।
पछिल्लो समय नेपालबाट दैनिक औसतमा २ हजार भन्दा बढी युवा कामको खोजीमा विदेश जाने गरेका छन् । वैदेशिक रोजगारीमा जाने युवाको संख्या वृद्धिसँगै ठगीका घटना पनि बढेको उजुरीमा परेको रकमले देखाएको छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस्