काठमाडौँ, १२ चैत । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य डा शेखर कोइरालाले नागरिकको विश्वास र संसदको समर्थनवाट देशमा देखापरेको अर्थतन्त्रको संकट सम्वोधन गरेर समृद्धिको यात्रा तय गर्नुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर सम्बोधन गर्दै कोइरालाले यसको लागि प्रधानमन्त्रीले इच्छा शक्तिको मात्र प्रदर्शन गरेर नपुग्ने सम्पूर्ण मन्त्रिमण्डललाई नैतिकरुपमा तलमाथि गर्न नदिने प्रण गर्नुपर्ने धारणा राखे ।
उनले बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा नतिर्न विभिन्न प्रतिकार समितिहरु गठन हुनु र सरकार टुलुटुलु हेरेर बस्नु कदापी राम्रो संकेत नभएको भन्दै यस्तो आपराधिक प्रवृत्तिको समयमै उपचार हुनुपर्नेमा जोड दिए । ‘विश्वव्यापी रुपमा बैंकिङ क्षेत्रको विश्वसनीयता माथि प्रश्न उठिरहेको छ। हाम्रो देशले पनि युरोप र अमेरिकामा देखिएको जस्तो बैंकिङ संकटको सामना गर्नु नपोरस् भनी अपनाउनुपर्ने मौद्रिक नीतिलाई बेलैमा विज्ञ विशेषज्ञको सल्लाहबाट अगाडि बढ्न म अनुरोध गर्दछु’, उनले भने, ‘कर्जालाई अंग्रेजी भाषामा क्रेडिट भनिन्छ जसको मौलिक ल्याटिन अर्थ हो ‘विश्वास’।
प्रतिक्रिया दिनुहोस्