काठमाडौँ, १५ चैत । नेपालका लागि चिनियाँ राजदूत चेन सोङ र नेपालका लागि संयुक्त राष्ट्र संघ (युएनएफपीए) का नेपाल प्रतिनिधि योङ होङबीच भेटवार्ता भएको छ ।
नेपालमा मातृ मृत्युदर घटाउन र दिगो विकास लक्ष्यको लागि युएनको २०३० एजेण्डामा कसरी सहयोग पुर्याउन सकिन्छ भनी विषयमा दुई जनाको बीचमा छलफल भएको चिनियाँ राजदूतावासले जनाएको छ । युएनएफपीएका नेपाल प्रतिनिधि योङलाई भेट्दा खुसी लागेको राजदूत चेनले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्