काठमाडौ १८ चैत्र । नेकपा एमालेले भीम रावलसँग छलफल गर्नका लागि उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ ।
आज बसेको पार्टीको सचिवालयको बैठकले रावलसँग छलफल गरेर आवश्यक टुंगोमा पुग्नका लागि वार्ता टोली गठन गरिएको हो ।
पूर्वउपाध्यक्ष, दसौं राष्ट्रिय महाधिवेशनपछि पार्टीमै रहनुभएको तर पार्टीको विधि, विधानअनुसार नचलिकन बसिरहनुभएको भीम रावलसँग कुरा गर्न र टुंगोमा पुग्नका लागि ग्रास रुट अभियानको सुदूरपश्चिम अनुगमन गर्ने उपाध्यक्ष विष्णु पौडेल, सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट र सहइन्चार्ज कर्ण थापा नेतृत्वको समिति गठन भएको छ ।
रावल पछिल्लो समय एमालेसँग असन्तुष्ट रहँदै आउनुभएको छ । पार्टीले जिम्मेवारी नदिएको भन्दै उहाँ असन्तुष्ट बन्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्