मोरङ, १९ चैत । नेकपा एमालेको दुई महिने अभियान अन्तरगतको मिसन ग्रास रुट बेलबारी नगरपालिकामा ११ वटै वडाहरुको अधिवेशन सम्पन्न भएको छ ।
पार्टी शुद्धिकरण, नयाँ सदस्यता वितरण, नागरिक सम्मान, जनताको माग चाहना र आवश्यकतालाई आफ्नो नीति तथा रणनीतिमा समेट्ने लक्ष्यका साथ शुरु गरिएको उक्त अभियानले आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने लक्ष्य बनाइएको छ ।
यसै क्रममा बेलबारी नगरपालिकामा शनिवार वटै वडाहरुको अधिवेशन सम्पन्न भएको छ । मोरङ बेलबारी ४ मा पार्टी प्रदेश कमिटी सदस्य सन्जिब रोकाहाको प्रमुख आतिथ्यताम वडा अधिवेशनले सुजित बस्नेतको नेतृत्वमा १३ सदस्यीय कमिटी चयन गरेको छ । रोकाहाले मुलुकको समृद्धिको बाधक बर्तमान सत्ता गठबन्धन रहेको बताउनुभयो । विदेशीको स्वार्थमा बनेको समिकरणले कुनै हालतमा देश हितमा काम गर्न नसक्ने उहाँले जिकिर गर्नुभयो । कार्यक्रममा जिल्ला कमिटी सदस्य गिता सिवा र सरीता गौतमको पनि उप्स्थिति थियो ।
प्रतिक्रिया दिनुहोस्