काठमाडौ १९ चैत्र । नेपाली कांग्रेसले बारा २ को उपचुनावमा जसपालाई सघाउने भएको छ ।
सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले वैशाख १० गते हुने उपचुनावका लागि जसपालाई सहयोग गर्ने निर्णय गरेको हो ।
यहाँ जसपाले अध्यक्ष उपेन्द्र यादवलाई उठाउँदैछ । यादवको नाम सर्वसम्मतरूपमा सिफारिस भइसकेको बारा २ मा जनमत पार्टीले शिवचन्द्र कुशवाहलाई उठाउने निर्णय गरिसकेको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले रमेश खरेललाई अघि सार्ने भएको छ । लोसपाबाट राजेन्द्र महतोको चर्चा छ । एमालेले भने सो क्षेत्रमा अहिले सम्म को उठाउने भन्ने विषयमा निर्णय गरिसकेको छैन ।
प्रतिक्रिया दिनुहोस्