काठमाडौ १९ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आसन्न उप निर्वाचनका उम्मेदवार टुंग्याएको छ। पार्टीको संसदीय समितिको आइतबार बसेको बैठकले उपनिर्वाचन हुने क्षेत्रहरुमा उमेदवार टुंगो लगाएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जनाकारी दिनुभयो।
नेता श्रेष्ठका अनुसार राप्रपाले तनहुँ १ मा शोभा गुरुङ, चितवन २ मा जीबलाल पुरी र बारा २ मा सोनेलाल साहलाई उमेदवार बनाउने निर्णय गरेको हो ।
चितवन२, बारा२ र तनहुँ १ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ । त्यसका लागि निर्वाचन आयोगले चैत २० गते उम्मेदवारी मनोनयनको समय निर्धारण गरेको छ ।
प्रतिक्रिया दिनुहोस्