काठमाडौँ, १९ चैत । सामाजिक सञ्जाल फेसबुक ह्याक गरेर अश्लील फोटो र भिडियो राखेर चरित्र हत्या गर्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार अध्ययनको सिलसिलामा विदेश गएकी महिलालाई दैनिक फोन तथा म्यासेज गरेर धाकधम्की दिने तथा फेसबुकसमेत ह्याक गरी अश्लील फोटो तथा भिडियोहरु राख्ने तथा पीडितको सामाजिक सञ्जाल फेसबुकसँग जोडिएका सम्पूर्ण व्यक्तिहरुलाई पठाउने गरेको उजुरी प्रहरीमा परेको थियो ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मोरङको धनपालथान गाउँपालिका वडा नम्बर ४ का दिपेश लोहनीलाई पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्