काठमाडौँ, १९ चैत । काठमाडौँको बल्खुमा ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सानेपाबाट कलङ्कीतिर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख १७१५ नम्बरको ट्रकले ठक्कर दिँदा स्कुटर चालक भूपति पाण्डेको मृत्यु भएको हो ।
३४ वर्षीय पाण्डे अध्यागमन अधिकृत हुन् । उनी ब्याच नम्बर–३५ का शाखा अधिकृत हुन् । ट्रक चालक अर्जुन ढुङ्गानालाई प्रहरी वृत्त कालीमाटीले पक्राउ गरेको छ । ४३ वर्षीय ढुङ्गाना मकवानपुरस्थित हेटौँडाका स्थानीय हुन् ।
प्रतिक्रिया दिनुहोस्