काठमाडौँ, २० चैत । गर्मी सुरु भएसँगै डेंगुको केश पुनः देखिन थालेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यस वर्ष नेपालमा डेंगुको प्रकोप फैलिएपछि हालसम्म डेंगुको केश शून्य भएको छैन ।
माघदेखि चैत्र १५ गतेसम्म ३ सय जनामा डेंगु पुष्टि भएको रोग नियन्त्रण महाशाखाअन्तर्गत कीटजन्य शाखाले जनाएको छ । साढे दुई महिनाको अवधिमा ४५ जिल्लाको ११५ वटा पलिकामा डेंगुको केश देखिएको छ । जसमध्ये काठमाडौँ उपत्यकामा ५० जनामा सङ्क्रमित पुष्टि भएको छ ।
गर्मी मौसम सुरु भएसँगै डेंगुका केश बढ्न सक्ने भएकाले सावधानी अपनाउन सरकारले आग्रह गरेको छ । शाखा प्रमुख दाहालका अनुसार डेंगुका केश बढ्न सक्ने सम्भावना कायमै रहेकाले प्रदेशका स्वास्थ्य निर्देशनालय, जिल्ला अस्पताललगायत सबै स्वास्थ्य संस्थालाई डेंगु फैलिन नदिन सावधानी अपनाउन निर्देशन दिइसकिएको छ ।
प्रतिक्रिया दिनुहोस्