काठमाडौँ, २० चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारमाध्यमहरु भजनमण्डली बन्नु नहुने बताएकी छन् ।
आज रेडियो नेपालको ७३औं स्थापना दिवसको अवसरमा बोल्दै मन्त्री शर्माले कतिपय सञ्चारमाध्यम सरकारको तर्फबाट पनि सञ्चालन भइरहेको उल्लेख गर्दै सञ्चारमाध्यम भजनमण्डली हुनु हुँदैन भनेर नै सैद्धान्तिक मान्यताअनुसार प्रसारण ऐन संसद्मा प्रस्तुत भएको बताइन् । प्रशारण ऐन पारित भइसकेपछि सञ्चरमाध्यमहरुमा नयाँ वातावरण सिर्जना हुने उनको भनाइ छ ।
सरकारले आमसञ्चार ऐन र मिडिया काउन्सिल ऐन पनि संसद्मा प्रस्तुत गर्ने तयारी गरिरहेको बताउँदै मन्त्री शर्माले अहिले पनि सबै क्षेत्रमा इनटरनेटको पहुँच बिस्तार गर्न नसकेको बताइन् । उनले भनिन्, “हामीले आमसञ्चार ऐन, मिडिया काउन्सिल ऐन, थुप्रै कानुनहरु जुन हाम्रो अभाव छ, ती कानुनको तयारी हामीले मन्त्रालयमा विज्ञ साथीहरुसँग छलफल गरेर तयार गरिरहेका छौँ,” “यी सबैमा हामी कानुनी रुपमा अघि बढ्न खोज्दै छाँै । हामी अझै प्रभावकारी ढंगबाट अघि बढ्न जरुरी छ ।”
प्रतिक्रिया दिनुहोस्