समाचार

एलपी ग्याँस बोकेको ट्याङ्कर पल्टिदा एकको मृत्यु



चितवन, २० चैत । एलपी ग्यास बोकेको भारतीय ट्याङ्कर पल्टिँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चितवनको मुग्लिनबाट काठमाडौँतर्फ गइरहेको युपी ७० डिटी ६०५५ नम्बरको भारतीय ट्याङ्कर अनियन्त्रित भई सडक छेउमा पल्टिदा सो ट्याङ्करमा सवार एकको मृत्यु भएको हो ।

मृतकको पहिचान खुल्न सकेको छैन । सो दुर्घटनामा परेर अर्का एक जना गम्भीर घाइते भएका छन् भने घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।