काठमाण्डौ,२० चैत । वैशाख १०मा हुने उपनिर्वाचनका लागि बारा–२ मा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल मनोनयन दर्ता गराएका छन् ।
एमालेका नेता, कार्यकर्ता र समर्थकसहित कलैयास्थित जिल्ला समन्वय समितिको कार्यालयमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका हुन् ।
मनोनयन दर्ताका लागि जानुअघि सञ्चारकर्मीसँगको कुराकानीको क्रममा उनले आफूले चुनाव जित्ने दावी गरे । बारा–२ ०४८ सालमा एमालेले जितेको क्षेत्र हो, ०५६ सालमा पार्टी फुट्दा पनि एमालेले जितेको क्षेत्र हो । उनले भने, ‘अहिले फेरि जित्ने संकेत आएको छ । एमालेका कार्यकर्ता मात्रै हैन, न्यायप्रेमी जनता, मजदुर, किसान, महिला, दलित, मधेसी, मुस्लिम उत्पीडित वर्ग जाति एमालेको पक्षमा खडा छन् ।’
03 April 2023 16:41 PM
प्रतिक्रिया दिनुहोस्