काठमाडौँ, २१ चैत । पछिल्लो समय मौसमी फ्लूका बिरामी बढेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार लामो समय पानी नपर्दा बढेको प्रदूषणका कारण मौसमी फ्लू बढेको हो । तर, केही समययता पानी परे पनि फ्लू लाग्नेक्रम रोकिएको छैन । अस्पतालमा फ्लू लागेर आउनेको चाप उच्च रहेको छ ।
मन्त्रालयका अनुसार यसबाट बच्न फ्लू लागेका व्यक्तिहरूबाट टाढै बस्नु पर्ने तथा आफू बिरामी पर्दा अरुलाई सुरक्षित राख्न घरमै बस्नु पर्ने छ । मन्त्रालयले भनेको छ, “घरमा कसैलाई फ्लू लागे वा रुघा खोकी लागे सबैले मास्क लगाउनुपर्छ । मौसमी रुघा खोकीमा जथाभावी रुपमा एन्टिबायोटिक प्रयोग गर्न हुँदैन,” “खोक्दा वा हाच्छिउँ गर्दा नाक, मुख छोप्नुपर्छ । बेलाबेलामा साबुनपानीले हात धोनु पर्छ ।”
हातले आँखा, नाक वा मुख छुन नहुने बताएको मन्त्रालयले तातो पानी पिउने, बाफ लिनेजस्ता घरेलु उपचार विधि अपनाउन सकिने पनि मन्त्रालयले बजनाएको छ । प्रशस्त मात्रामा तातो पानी र झोलिलो खानेकुरा खान आग्रह गरेको मन्त्रालयले गाह्रो भएमा स्वास्थ्यकर्मीसँग परामर्श गर्न पनि सुझाएको छ ।
स्वास्थ्य मन्त्रालयले सम्भव भएसम्म फ्लूविरुद्धको खोप लगाउन पनि आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्