अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २१ चैत । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ८ हजार ५ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।