Banner News

उपचुनावमा एमालेले खटाएको चुनावी कमाण्डरहरु को–को कहाँ



काठमाडौ २१ चैत्र । बैशाख १० मा हुने उपचुनावको परिणाम पार्टीको पक्षमा पार्नका लागि नेकपा एमालेले चुनावी कमाण्डरहरु तोकेको छ ।
एमालेले बारा २ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, चितवन २ मा उपाध्यक्ष सुरेन्द्र पाण्डे र तनहुँ १ मा उपाध्यक्ष युवराज ज्ञवाली कमाण्डर तोकेको हो ।
बारा २ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र सचिव रघुवीर महासेठलाई जिम्मा दिइएको छ । बारा २ मा एमालेबाट पुरुषोत्तम पौडेललाई उम्मेदवार बन्नुभएको छ ।
त्यस्तै चितवन २ मा उपाध्यक्ष सुरेन्द्र पाण्डे ,गोकर्ण विष्ट र गोकुल बास्कोटालाई जिम्मेवारी दिइएको छ । चितवन ३ मा एमालेबाट रामप्रसाद न्यौपाने उम्मेदवार बन्नुभएको छ ।
यसैगरी तनहुँ १ को चुनावी कमाण्ड उपाध्यक्ष युवराज ज्ञवालीले पाउनुभएको छ उहाँसँग सचिव पद्मा अर्याल पनि खटिनुहुने एमालेले जनाएको छ । तनहुँ १ मा भने उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङ पनि खटिनुभएको छ । तनहुँ१ मा एमालेबाट सर्वेन्द्र खनाल उम्मेदवार बन्नुभएको छ ।