Banner News

शान्तिवाटिकामा मिटरब्याज पीडित र प्रहरीबीच झडप



काठमाण्डौ,४ चैत्र । काठमाण्डौको शान्तिवाटिकामा मिटरब्याज पीडित र प्रहरीबीच झडप भएको छ । झडपमा परी केही मिटरब्याज पीडित घाइते भएका छन् भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शान्तिवाटिकामा बसेर आन्दोलन गरिरहेका मिटरब्याज पीडितले सोमबार सिंहदरबार वरपर प्रदर्शन गर्ने तयारी गरेका थिए । त्यसैले प्रहरीले विहानैदेखि शान्तिवाटिकाको गेटमा पहरा दिएको थियो । दिउँसो मिटरब्याज पीडित ब्यानरसहित प्रदर्शनमा निस्कने क्रममा प्रहरीले रोकेपछि झडप भएको हो ।
प्रहरीले मिटरब्याज पीडितलाई लखेट्न पानीको फोहोरा र लाठी हानेको छ ।
प्रत्यक्षदर्शीका अनुसार त्यस क्रममा प्रहरीको लाठी लागेर ४र५ जना मिटरब्याज पीडित घाइते भएका छन् भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घाइतेहरुको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सरकारले मिटरब्याज पीडितको एक समूहसँग १८ चैतमा पाँच बुँदे सहमति गरेको थियो ।