समाचार

थप १०४ जनामा कोरोना संक्रमण पुष्टि, ६० जना डिस्चार्ज



काठमाडौँ, ४ बैशाख । पछिल्लो २४ घण्टामा थप १०४ कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा संक्रमितको संख्या १० लाख २ हजार २४१ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३७७ जना रहेका छन ।

मन्त्रालयका अनुसार ६० आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ८९ हजार ८ सय ३९ जना रहेको छ । पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या १२ हजार २३ जना रहेको मन्त्रालयले जनाएको छ ।