अर्थ

नेप्से दोहोरो अंकले बढ्यो



काठमाडौँ, ६ वैशाख । सेयर बजार आज दोहोरो अंकले बढेर बन्द भएको छ । आज सेयर बजार मापक नेप्से १५.१३ अंकले वृद्धि हुँदा १९२०.१२ अंकमा बन्द भएको हो ।

म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा वृद्धि हुँदा नेप्से पनि उकालो लागेको छ । विकास बैंक उपसूचक सर्वाधिक १.२७ प्रतिशतवे वृद्धि हुँदा व्यापार र फाइनान्स उपसूचक पनि १ प्रतिशत भन्दा माथिले वृद्धि भएको हो ।

नेप्सेमा वृद्धि भएपनि कारोबार रकम पनि बढ्न सकेन । बुधबार नेप्सेमा २३ हजार ५०३ वटा कारोबारमा २५ लाख ७९ हजार ३२५ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ८७ करोड २१ लाखको कारोबार भएको छ । जसमध्ये स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर सर्वाधिक ८ करोड ८३ लाखको कारोबार हुँदा नबिल बैंकको सेयर ३ करोड ६६ लाख र एनआईसी एशिया बैंकको ३ करोड १९ लाखको कारोबार भएको छ ।