राजनीति

परराष्ट्रमन्त्री साउद र बेलायती राजदूत पोलिटबीच भेटवार्ता



काठमाडौँ, ७ बैशाख । परराष्ट्रमन्त्री एनपी साउद र माननीय परराष्ट्रमन्त्री एनपी साउद र बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ ।

आज परराष्ट्रमन्त्री साउदलाई भेट्न राजदूत पोलिट मन्त्रालय पुगेकी थिइन् । मन्त्री साउदको सचिवालयले दिएको जानकारीअनुसार भेटमा राजदूत पोलिटले साउदलाई जिम्मवारी सम्हालेको उपलक्ष्यमा बधाई दिएकी छन् ।

त्यसअवसरमा उनीहरुबीच आपसी विकास सहयोग, नेपाल र बेलायतबीच १०० वर्ष लामो सम्बन्ध एवं जलवायु परिवर्तन र आपसी हितका अन्य क्षेत्रका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।