समाचार

ट्रकको ठक्करबाट काका-भतिजको मृत्यु



सर्लाही, ७ बैशाख । जिल्लाको लालबन्दी नगरपालिका–६, फुटबल मैदाननजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।

प्रहरीका अनुसार मोटरसाइकल चालक महोत्तरीको गौशाला नगरपालिका–११ का २९ वर्षीय सर्वनकुमार महतो र पछाडि सवार उनका १२ वर्षीय भतिज विक्रमकुमारको मृत्यु भएको हो ।

आज बिहान करिब सवा ७ बजे प्रदेश २–०३–००१ ख ८१५ नम्बरको ट्रकले ना३३प ७५१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्रक र चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।