समाचार

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु



धनुषा, ८ बैशाख । जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–१, रमदैयामा आज मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार महोत्तरीको जलेश्वर नगरपालिका–३ का २७ वर्षीय सुन्दर यादवको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो ।

दुर्घटनामा एकजना घाइते भएका छन् । घाइते भएका मोटरसाइकलमा पछाडि सवार ३७ वर्षीय जितेन्द्र ठाकुरको जनकपुरस्थित काव्या अस्पतालमा उपचार भइरहेको छ ।