समाचार

टोखामा आगलागी हुँदा पाँच वटा सटर जले



काठमाडौँ, ९ बैशाख । काठमाडौँको टोखामा हिजो बेलुका आगलागी हुँदा पाँच वटा सटर जलेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार ग्राण्डी अस्पताल नजिक रहेको मासु पसलमा लागेको आगोले सँगै जोडिएका पाँच वटा सटरमा क्षति भएको हो ।

मासु पोल्दा ग्यास सिलिण्डर लिक भएर सल्किएको आगो छेउछाउका सटरमा पनि फैलिएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, दमकल र पानी ट्याङ्करको सहायताले आगो निभाइएको छ ।

आगलागीबाट भएको क्षतिको पूर्ण विवरण सङ्कलन गर्ने काम भइरहेको छ ।