काठमाडौँ, १० बैशाख । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले राष्ट्रिय युवा संघ नेपाल देशकै सबैभन्दा शक्तिशाली र समग्र आन्दोलनको नेता संगठन भएको बताउनुभएको छ ।
राष्ट्रिय युवा संघ नेपालको ९औं महाधिवेशनबाट निर्वाचित अध्यक्ष क्षितिज थेबेलगायतका पदाधिकारीहरुको पदभार ग्रहण कार्यक्रममा बोल्दै संघका इन्चार्ज समेत रहनुभएका नेता बस्नेतले नेपालको युवा आन्दोलनलाई विगतदेखी नै उठाउने र कार्यान्यवन गर्ने महत्वपूर्ण भूमिका संघले खेलेको उल्लेख गर्नुभयो । ‘शिक्षा, स्वास्थ्य, रोजगार, युवा मन्त्रालय, युवा परिषद्लगायतका गैरवपूर्ण ईतिहास साक्षि रहेको छ’, उहाँले भन्नुभयो, ‘आगामी दिनमा संघ सिर्जनात्मक, रचनात्मक ढंगले अगाडी बढ्छ । राष्ट्रिय युवा संघ नेपालले आगामी दिनमा राज्यसँग सहकार्य र दवावपूर्ण युवाको माग र रोजगारीमा लाग्नेछ । नेतृत्वको उक्त कुराको महत्वपूर्ण जिम्मेवारी रहेको छ ।’
निर्वाचित संघको कमिटीले युवा आन्दोलनलाई संगठीत र सुद्धिकरण गर्ने प्रतिवद्धता जनाएको स्मरण गराउँदै उहाँले युवा आन्दोलनलाई अराजकता, अस्लिलता, अपराधिक, अतिवादी शक्तिविरुद्ध, अन्तर्राष्ट्रिय शक्तिहरुले खेलमैदान हुनबाट रोक्नेमा विश्वास रहेको बताउनुभयो । सूचना प्रविधिको दुरुपयोगलाई रोक्नु अहिलेको अपरिहार्यता रहेको औंल्याउँदै उहाँले युवा आन्दोलनको जूझारुकताबाट बौद्धिकतामा रुपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।
योग्यता, क्षमता र भाविष्य बोकेका युवालाई अवसर दिने र छुटेका बाँकीलाई पार्टीमा उचित जिम्मेवारी दिने प्रतिवद्धता जनाउँदै उहाँले महाधिवेशनले पारित गरेका दस्तावेजलाई कार्यान्वयवन गर्नुपर्ने बताउनुभयो । बेठिक बाटोमा जान लागेका युवालाई सहि बाटोमा ल्याउने जिम्मेवारी संघमा रहेको उल्लेख गर्दै उहाँले संगठीत गर्दै नेपालको कम्युनिष्ट र युवा आन्दोलनलाई उत्कृष्ट बनाउन निर्देशन दिनुभयो ।
एमालेलाई बलियो र शक्तिशाली पार्टी बनाउने महत्वपूर्ण जिम्मेवारी संघमा रहेको उल्लेख गर्दै उहाँले राजनीतिक वेष्यावृद्धि गर्ने प्रधानमन्त्री तथा माओवादी केन्द्रका अधयक्ष पुष्पकमल दाहाल प्रचण्डका विरुद्ध संघले भूमिका खेल्ने उद्घोष गर्नुभयो । प्रचण्ड विदेशीको दलाल रहेको दावी गर्दै उहाँले केपी ओलीको विचार र मान्यता अनुसार गुटरहित एमाले र राष्ट्रिय युवा संघ अगाडी बढ्नेसमेत स्पष्ट पार्नुभयो ।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष, पार्टीको केन्द्रीय सदस्य तथा संघको सहइन्चार्ज किरण पौडेलले म कुन पदमा पुगे भन्दा पनि मैले कति युवा र जनताको चासो र मुद्धा सम्बोधन गरे भनेर हेर्नु पर्नेमा जोड दिनुभयो । युवालाई गलत बाटोमा लैजाने कतिपय अराजक तत्वहरुको रणनीति रहेको र त्यसलाई रोक्नुपर्ने उल्लेख गर्दै उहाँले विगतका सिकाई र भोगाईका कुराहरुलाई सुधार गर्दै लैजानुपर्ने बताउनुभयो । योग्य, इमान्दार र क्रियाशिल साथीहरु छुटेकता पनि क्षतिपूर्ती सहित पार्टीले उचित जिम्मेवारी दिने जानकारी गराउँदै उहाँले आग्रह र पूर्वाग्रहरु नेपालगञ्जको महाधिवेशनसँगै सकिएको उल्लेख गर्दै उहाँले पुनः आग्रह र पूर्वाग्रह राखे पार्टीले आवश्यक कारवाही गर्ने चेतावनी दिनुभयो ।
नवनिर्वाचित अध्यक्ष क्षितिज थेबेले युवा आन्दोलनको गतिशिल संगठन भएको स्मरण गर्दै जिम्मेवारी दिनुहुने प्रतिनिधि तथा पार्टी नेतृत्वलाई आभार प्रकट गर्नुभयो । नयाँ जोस र जाँगरका साथ एकदम चुस्त कमिटी निर्माण गरेको उल्लेख गर्दै उहाँले नेपाली युवाहरुको नीतिगत, सामाजिक मुद्धाहरुमा हिजो पनि नेतृत्व गरेको र भोली पनि निरन्तर हुने विश्वास व्यक्त गर्नुभयो । सुशासन, भ्रष्टाचार, मूल्यवृद्धि लगायतका कार्यहरुको सडक बाघको रुपमा काम गरि आएको स्मरण गर्दै उहाँले नेपाली युवालाई सहि गन्तव्यमा पुर्याउने तथा युवालाई राष्ट्र निर्माणमा लैजाने प्रतवद्धता जनाउनुभयो । पदभारसँगै जिम्मेवारी थप भएको उल्लेख गर्दै उहाँले अबका दिनमा बोलेर भन्दा पनि कामले कति देखाउने ? भनेर मनमा पोलिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाली युवालाई कसरी राजनीतिमा संलग्न गराउने, महिला आन्दोलनलाई कसरि अगाडी बढाउने, आवाज विहिनहरुको आवाज कसरि बनाउने ? भन्ने लगायतका प्रश्नहरुको नतिजामुखी तथा न्यायमुखी आन्दोलन गर्नेछौं । सामाजिक न्यायको पक्षमा सदावहार उपस्थित हुने संगठन राष्ट्रिय युवा संघ नेपाल हो ।’
संघको अबको कार्यभार आर्थिक क्रान्ति, राष्ट्रिय पुँजीको आन्दोलन, युवालाई उद्योग÷रोजगारमा जोड्ने रहेको उल्लख गर्दै उहाँले उक्त कार्यको लागि राज्यरालाई सवरदारी गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘राज्य अचेत अवस्थामा कान छ सुन्दैन, आँखा छ देख्दैन, रहेकाले देशको पूँजी निर्माण गर्दै समृद्धि नेपाल सुखी नेपालीको अभियानलाई सार्थकतामा पुर्याउनेछौं ।’
प्रतिक्रिया दिनुहोस्