Banner News

आयोगद्ववारा ५,५६१ उम्मेदवारलाई निर्वाचन खर्च सार्वजनिक गर्न निर्देशन



काठमाडौँ, ११ बैशाख । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा भाग लिई निर्वाचन खर्चको विवरण पेश गर्ने ५,५६१ जना उम्मेदवारहरूलाई सो विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ ।

आफूले गरेको निर्वाचन खर्च सम्बन्धित प्रदेश वा जिल्ला निर्वाचन कार्यालयको सूचना पाटी, सम्बन्धित गाउँपालिका वा नगरपालिका वा वडा कार्यालयको सूचना पाटीमा सार्वजनिक गर्न सकिनेछ ।

यस्तै राजनीतिक दलको जुनसुकै तहको कार्यालय वा वेबसाइट (राजनीतिक दलको तर्फबाट उम्मेदवार भएका उम्मेदवारको हकमा), आमसञ्चार माध्यम (पत्रपत्रिका, रेडियो, टेलिभिजन आदि) र सामाजिक सञ्जाल (फेसबुक, टिवटर, ईन्स्टाग्राम) बाट पनि सार्वजनिक गर्न सक्ने आयोगले निर्णय गरेको छ ।