काठमाडौँ, ११ बैशाख । परराष्ट्र मन्त्रालयले सुडानमा १९ जना नेपाली सम्पर्कमा आएको र उनीहरु सुरक्षित रहेको बताएको छ ।पछिल्लो समय सुडानमा सैनिक सरकार र अर्धसैनिक बलबीचको भिडन्तका कारण सुरक्षा अवस्था जटिल भएको छ ।
असुरक्षाका कारण धेरै देशले आफ्ना नागरिकको उद्धार गरिरहेका छन् । नेपालीहरु भने १९ जनाको सूची तयार भएको परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
तीबाहेक तीनजना नेपाली शान्ति सैनिकहरु २३ अप्रिलमा अफ्रिकी मुलुक चाडतर्फ गएको र खार्तुमस्थित संयुक्त राष्ट्रसंघका विभिन्न निकायमा कार्यरत सातजना नेपालीले पनि २३ अप्रिलमै खार्तुमबाट सडकमार्फत रेड सीस्थित पोर्ट सुडानतर्फ प्रस्थान गरिसकेको मन्त्रालयले जनाएको छ । उनीहरु त्यहाँबाट हवाई सेवा मार्फत युगाण्डा जाने तयारी रहेको जानकारी आएको मन्त्रालयको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्