Banner News

प्रधानमन्त्री दाहालको भारत भ्रमण अनिश्चित: मोदीले दिएनन् ग्रिन सिग्नल



काठमाडौँ, १२ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण अनिश्चित बनेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमणका लागि ग्रिन सिग्नल नदिँदा तत्काल भारत भ्रमण नहुने भएको छ ।

प्रचण्डले प्रधानमन्त्री बने लगतै आफ्नो पहिलो विदेश भ्रमण भारतबाट हुने बताएका थिए । आफ्नो पहिलो विदेश भ्रमण भारतबाटै गर्न उनले यसअघि चीनको हेनान प्रान्तमा गत चैत्रमा भएको बोआओ फोरममा भाग लिन गएनन् ।

नेपालस्थित चिनियाँ दूतावासले बोआओ फोरममा सहभागी हुन ८ फागुन २०७९ मा प्रधानमन्त्री दाहाललाई भ्रमणको औपचारिक निमन्त्रणा दिएको थियो । तर, प्रचण्डले अन्तिम समयमा आएर चीन भ्रममा नजाने सन्देश पठाए । यो समाचार आजको राजधानी दैनिकमा छ ।