काठमाडौँ, १२ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले संसदमा सांसदहरुले उठाएका प्रश्नहरु पनि वेबसाइटमा राख्ने व्यवस्था गर्न माग गरेकी छन् ।
संसदमा सांसदहरुले उठाएको प्रश्नको जवाफ सरकारले नदिएको उल्लेख गर्दै उनले ती प्रश्नहरु र त्यसको अवस्थाबारे आम नागरिकलाई हेर्ने गरी वेबसाइटमा व्यवस्था गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएकी हुन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै कार्कीले भनिन्, ‘हामी संसदमा आईपुग्न निर्वाचनमा अर्बौँ खर्च हुन्छ । एक दिनको संसद बैठकमा लाखौं खर्च हुन्छ । आर्थिक पक्ष भन्दा पनि मूल्यवान आशा, भरोसा र विश्वास नागरिकको जोडिएको हुन्छ हामीसँग । हामी प्रश्न उठाउँछौँ, उत्तर आउँदैन । समस्या मात्रै राख्दिन सभामुख महोदय, म समाधान पनि दिन चाहन्छु । के–के प्रश्न उठे, ती प्रश्नहरुको अवस्था के छन् ? आम नागरिकले हेर्ने गरी वेबसाइटमा राख्ने व्यवस्था मिलाइयोस् ।’
प्रतिक्रिया दिनुहोस्