काठमाण्डौ,१२ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गरिने बताएका छन् ।
मंगलबार बिहान चितवन २ मा आफ्नो जित निश्चित भएपछि पत्रकारहरूसँग कुराकानी गर्दै सभापति लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने कि कायमै राख्ने भन्नेबारे पुनर्विचार हुने बताएका हुन् ।
सरकारलाई हामीले दिएको समर्थनबारे अब पुनर्विचार गर्छौं । हामीले अस्थिरता नहोस् भनेर समर्थन दिएका थियौँ,ु उनले भने, ुअब काठमाडौं फर्किएपछि बसेर छलफल गर्छौं ।
सभापति लामिछानेले सरकारको न्यूनतम साझा कार्यक्रममा कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको छानबिन गर्नेलगायत बुँदा समावेश नभएकाले सरकारलाई दिएको समर्थनको औचित्य अब नभएको बताए ।सुरुमा सरकार बन्दा न्यूनतम साझा कार्यक्रममा कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको छानबिन गर्ने बुँदा राखेका थियौं । तर, पछि त्यसलाई हटाइयो । हामीले सरकारलाई औचित्यका आधारमा समर्थन गर्ने हो । सरकारले ध्यान दिनुपर्ने कुरामा ध्यान नदिएकाले पुनर्विचार गर्छौं उनले भने ।
उनले जनताले परिवर्तनको सांकेतिक घण्टी बजाएको वताउदै भने –अब परिवर्तन आवश्यक छ । जनताले सांकेतिक घण्टी बजाउनु भएको हो । यो सबैको जित सबै राजनीतिक दलहरूका लागि सन्देश पनि हो ।
प्रतिक्रिया दिनुहोस्