काठमाडौँ, १२ बैशाख । चितवन–२ बाट पुनः निर्वाचित भएका रवि लामिछानेले भ्रष्टाचारीलाई जेल पठाउने घोषणा गरेका छन् ।
चितवन–२ र तनहुँ–१ का जनताले दुईजना सांसद पठाएको भन्दै ती दुई सांसदले पाउने लोगो भ्रष्टाचार अन्त्य र भ्रष्टाचारीलाई जेल पठाउन डवलसिफ्ट ड्युटीको सन्देश भएको बताए ।
उनले भने, “सबैभन्दा बढी हामीबाट अपेक्षा गरिएको सुशासन हो । यो देशलाई कंगाल पार्नेहरूलाई हामी छोड्दैनौं,” “केही दिनपछि संसद्मा पुनः जानेछु, मैले यसअघि पाएको संसद्को लोगो साँचेर राखेको छु । सम्भवत पहिलो दिन म त्यही लोगो लाएर जानेछु । हामीले लाउने दुईवटा लोगो भ्रष्टाचार अन्त्य र भ्रष्टाचारी जेल पठाउनको निमित्त हुनेछ ।”
उनले दुईवटा लोगोको सन्देश डबल सिफ्ट ड्यटीको सन्देश भएको बताए । उनले यति भनेर अर्को चुनावमा प्रमुख पार्टी बनेर एकल सरकार बनाउने पनि घोषणा गरे ।
प्रतिक्रिया दिनुहोस्