Banner News

सरकारी वकिल कार्यालयमा खाँणकोबयान सुरु



काठमाडौ १ वेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पूर्व गृहमन्त्री बालकृष्ण खाँणको बयान सुरु भएको छ ।
बबरमहलस्थित सरकारी वकिलको कार्यालयमा नेपाली काँग्रेसका नेतासमेत रहेका खाँणको बयान सुरु भएको हो ।गत बिहीबार पक्राउ परेका पूर्व गृहमन्त्री खाँणमाथी अनुसन्धान गर्नका लागि जिल्ला अदालत, काठमाडौँले हिजो ४ दिनको म्याद थप गरिएपछि आज पुनः सरकारी वकिलको कार्यालयमा बयान दिन ल्याइएको हो ।
टेकु परिसरको हिरासतमा ४ दिन देखी रहँदै आएका खाँणले सो घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै आएका छन् । उनले आइतबार पनि सञ्चारकर्मीसँग भने, ‘यसमा मेरो कुनै संलग्नता रहेको छैन ।’
यद्यपि, सो प्रकरणमा पक्राउ परेका केशव दुलाल र सानु भण्डारीले आफ्नो बयानको क्रममा गृहमन्त्री खाँणलाई मन्त्रालयमा नै पुगेर १ करोड ४६ लाख रुपैयाँ बुझाएको प्रहरी स्रोतले यसअघि नै खुलासा गरिसकेको छ ।