समाचार

ट्राफिक प्रहरीद्वारा ५ जना मोटरसाइकल चालक नियन्त्रणमा



काठमाडौँ, ६ जेठ । काठमाडौँमा चेकिङका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने ५ जना मोटरसाइकल चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

शुक्रबार लु ८२ प ७३ ९६ नम्बरका मोटरसाइकल चालक काठमाडौँको कीर्तिपुर बस्ने २१ वर्षीय सनिश जोशी, बागमती प्रदेश ०२-०२४ प ९२ ८३ नम्बरका मोटरसाइकल चालक काठमाडौँकै रामकोट बस्ने २० वर्षीय सन्देश साही, बा ३ प ६६ ४४ नम्बरको मोटरसाइकल चालक ललितपुरको बालकुमारी बस्ने ४० वर्षीय रवी महर्जन, बा ३५ प ९१ १३ नम्बरका मोटरसाइकल चालक न्युरोड बस्ने २२ वर्षीय शोभन शर्मा र बा ८४ प ४२ ८८ नम्बरको मोटरसाइकल चालक ललितपुरको सातदोबाटो बस्ने २६ वर्षीय दिप जंग रेग्मीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।