समाचार

ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु



मुगु, १५ जेठ । मुगुको छाँयानाथ रारा नगरपालिका–१३, फलात्तामा आइतबार राति ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ

सदरमुकाम गमगढीबाट बामतर्फ खानेपानीको पाइप लिएर जाँदै गरेको लु ४ त ७३ ६८ नम्बरको ट्रयाक्टर गएराति ११ बजे सडकबाट अन्दाजी ३० मिटर तल खसेको थियो ।

दुर्घटनामा चालक रारा नगरपालिका–१४, फाइपाटाका अन्दाजी २३ वर्षीय कासीराम बडुवाल र सहचालक सोही ठाउँका २५ वर्षीय शिव बडुवालको घटनास्थलमै मृत्यु भएको अस्थायी प्रहरी पोष्ट बाम मुगुले जनाएको छ ।