अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १६ जेठ । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार ५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ९ हजार ९५० सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।