Banner News

वस्तु र सेवामा भए करका दरमा यस्तो छ हेरफेर



काठमाडौ १६ जेठ । सरकारले सोमबार सङ्घीय संसद्मा प्रस्तुत गरेको आर्थिक विधेयकमार्फत विभिन्न वस्तु तथा सेवामा लाग्दै आएको करका दरमा हेरफेर गरेको छ । भन्सार, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर शिक्षा सेवा करलगायतमा हेरफेर गरिएको हो ।

आर्थिक विधेयकले भ्याट र अन्तःशुल्कमा दिँइदै आएको अधिकांश छुट कटौती गरेको छ । भ्याटका एक सय ७० र अन्तःशुल्कका तीन सय ४० छुटका दरहरू खारेज गरिएका छन् ।

आयकरतर्फ वार्षिक रु ५० लाखभन्दा बढीको आयमा लाग्ने आयकर बढाइएको छ । पाँचतारे क्षमताभन्दा माथिका होटल, विदेशी मदिरा र १० लाखभन्दा माथिको गरगहनामा विलासिता कर लगाइएको छ । विदेश पढ्न जाने विद्यार्थीले सटही सुविधा लिँदा तीन प्रतिशत सेवा शुल्क तिर्ने र वैदेशिक रोजगारीमा जानेले एक प्रतिशत सेवाशुल्क तिर्ने व्यवस्था ल्याइएको छ ।

अन्तःशुल्कतर्फ

सरकारले अन्तःशुल्कतर्फ मदिरा, पत्रु खाना ९जङ्कफुड०देखि विद्युतीय सवारी साधनसम्ममा करका दर हेरफेर गरेको छ ।

आर्थिक विधेयकअनुसार उखुको खुदोको अन्तःशुल्क प्रतिक्विन्टर ९६ बाट बढाएर प्रतिक्विन्टर रु एक सय पाँच बनाइएको छ । सख्खर ९गुँड र भेलीसमेत०, गुँडगट्टाको अन्तःशुल्क पनि प्रतिक्विन्टर रु एक सय पाँच पुर्‍याइएको छ ।

अन्डा मिसाइएका स्पागेटी, म्याक्रोनी, नुडल्स, लसान्या, नोकी, राभिओली, कुकु ९उत्तर अफ्रिकी खाद्य पदार्थ० पास्तालगायतका वस्तुमा प्रतिकिलो रु १७ अन्तःशुल्क लाग्ने गरेकामा बढाएर प्रतिकिलो रु २० पुर्‍याइएको छ । कुरकुरे, कुरमुरे, लेज, चिजबल प्रतिकिलो रु १७ अन्तःशुल्क रहेकामा त्यसलाई बढाएर प्रतिकिलो रु २० पुर्‍याइएको छ । आलु चिप्स प्रतिकिलो रु १७ अन्तःशुल्क लाग्ने गरेकामा रु एक बढाएर रु १८ पुर्‍याइएको छ ।

सुन्तलाको रस ९फ्रोजेन अरेन्ज जुस०, भोगटेको रस, भुइँकटहरको रस, गोलभेँडाको रस ९टमाटो जुस०, अङ्गुरको रस, स्याउको रस, आँपको रस, क्यानबेरी जुस, म्याक्रोकार्पन जुसलगायत वस्तुमा प्रतिलिटर रु ११ बाट बढाएर रु १३ पुर्‍याइएको छ ।

सुर्तीरहित पान मसला प्रतिकिलो आठ सय २१ बाट बढाएर आठ सय ५० पुर्‍याइएको छ । त्यस्तै, सुर्तीरहित सुगन्धित सुपारी ९गुटखा० को अन्तःशुल्क प्रतिकिलो रु तीन सय ५० बाट बढाएर रू तीन सय ६५ पुर्‍याइएको छ । अल्कोहलरहित बियर प्रतिलिटर ३० बाट बढाएर प्रतिलिटर ३५ र जौबाट बनेको वियर प्रतिलिटर रु दुई सय २८ बाट बढाएर रु दुई सय ३५ पुर्‍याइएको छ ।

एक्स्ट्रा न्युट्रल अल्कोहल ९इएनए० प्रतिलिटर रु ८६ बाट बढाएर प्रतिलिटर रु ९० पुर्‍याइएको छ । ८० देखि ९९ प्रतिशतसम्म अल्कोहल भएको डिनेचर्ड स्प्रिटमा प्रतिलिटर रु ३० अन्तःशुल्क लाग्ने गरेकामा रु ३५ पुर्‍याइएको छ । वाइन र ब्रान्डीको कच्चा पदार्थका रुपमा प्रयोग हुने सबै प्रकारका स्प्रिटहरुको अन्तःशुल्क प्रतिलिटर रु दुई सय २८ बाट बढाएर रु दुई सय ३५ पुर्‍याइएको छ । १५ यु।पी शक्तिको ९४८ दशमलव पाँच प्रतिशत अल्कोहलको मात्रा भएको० तयारी मदिरामा प्रतिलिटर रु एक हजार सात सय ५० बाट रु एक हजार आठ सय पुर्‍याइएको छ ।

त्यस्तै, ३० युपी शक्ति ९३९ दशमलव ९४ प्रतिशत अल्कोहल भएको० तयारी मदिरामा प्रतिलिटर रु एक हजार दुई सय १५ बराबर अन्तःशुल्क लाग्ने गरेको थियो । त्यसलाई बढाएर प्रतिलिटर रु ३५ बढाएर रु एक हजार दुई सय ५० पुर्‍याइएकोछ । ह्विस्कीको कच्चा पदार्थका रुपमा प्रयोग हुने स्प्रिटमा प्रतिलिटर रु दुई सय २८ बराबर अन्तःशुल्क लाग्ने गरेकामा त्यसलाई बढाएर प्रतिलिटर रु दुई सय ३५ पुर्‍याइएको छ ।

त्यस्तै, रम र अन्य स्प्रिटहरुको कच्चा पदार्थका रुपमा प्रयोग हुने उखुको उत्पादनका स्प्रिटमा पनि प्रतिलिटर रु दुई सय २८ बाट बढाएर रु दुई सय ३५ पुर्‍याइएको छ । १५ युपी शक्तिको ह्विस्की ९४८ दशमलव पाँच प्रतिशत० अल्कोहल मात्रा भएकोलाई प्रतिलिटर रु एक हजार सात सय ५० बराबर अन्तःशुल्क लाग्ने गरेकामा बढाएर रु एक हजार आठ सय पुर्‍याइएको छ । त्यस्तै, २५ युपी शक्ति ९४२ दशमलव ८ प्रतिशत अल्कोहल० भएको ह्विस्कीमा प्रतिलिटर एक हजार तीन सय ६ बराबर अन्तःशुल्क लाग्ने गरेको त्यसलाई बढाएर रु एक हजार तीन सय ४५ पुर्‍याइएको छ । ३९ दशमलव ९४ प्रतिशत अल्कोहल भएको ह्विस्कीमा प्रतिलिटर रु एक हजार दुई सय १५ अन्तःशुल्क लाग्ने गरेकामा बढाएर रु एक हजार दुई सय ५० पुर्‍याइएको छ ।

जिन र जेनेभाको कच्चा पदार्थका रुपमा प्रयोग हुने स्प्रिटमा प्रतिलिटर रु दुई सय २८ बराबर अन्तःशुल्क लाग्ने गरेकामा बढाएर प्रतिलिटर रु दुई सय ३५ पुर्‍याइएको छ । ४८ दशमलव पाँच प्रतिशत अल्कोहल भएको जिनमा प्रतिलिटर एक हजार सात सय ५० बराबर अन्तःशुल्क लाग्ने गरेकामा प्रतिलिटर रु ५० बढाएर रु एक हजार आठ सय पुर्‍याइएको छ ।

त्यस्तै, ४२ दशमलव ८ प्रतिशत अल्कोहल भएको जिनमा प्रतिलिटर रु एक हजार तीन सय छ बाट बढाएर रु एक हजार तीन सय ४५ पुर्‍याइएको छ । ३९ दशमलव ९४ प्रतिशत अल्कोहल भएको जिनमा प्रतिलिटर रु एक हजार दुई सय १५ बाट बढेर रु एक हजार दुई सय ५० पुर्‍याइएको छ ।

फिल्टर नभएको सुर्तीको चुरोटमा प्रतिएम रु सात सय १० अन्तःशुल्क रहेकामा त्यसलाई रु सात सय ३० पुर्‍याइएको छ । ७० मिमीसम्मको लम्बाइ भएको चुरोटमा एम एक हजार छ सय २५ बाट बढाएर रु एक हजार छ सय ९० पुर्‍याइएको छ । ७० देखि ७५ मिमीसम्म लम्बाइ भएकामा प्रति एम रु दुई हजार तीन सय, ७५ देखि ८५ मिमीसम्मकामा प्रतिएम रु दुई हजार नौ सय ७० अन्तःशुल्क तोकिएको छ ।

जर्दा, खैनी, नस, गुटखा र निकोटिनयुक्त पान मसला तथा सुर्ती मिश्रित तयारी वस्तुमा प्रतिकिलो रु आठ सय २१ अन्तःशुल्क लाग्ने गरेकामा त्यो बढेर प्रतिकिलो रु आठ सय ५० पुर्‍याइएको छ । मार्बल, ट्राभर टिन, इकोजिन र अन्य चुनद्वारा स्मारक वा भवन बनाउन प्रयोग हुने ढुङ्गामा पाँच प्रतिशत अन्तःशुल्क लाग्ने गरेकामा त्यसलाई बढाएर १५ प्रतिशत पुर्‍याइएको छ ।

विद्युतीय सवारी साधनको अन्तःशुल्कमा पनि सरकारले हेरफेर गरेको छ । ‘स्पार्क इग्निसन इन्टरनल कम्बसन पिस्टोन इन्जिन’ र धक्का दिन विद्युतीय मोटर दुवै भएको, विद्युत् शक्तिको बाह्य स्रोतमा प्लग जोडेर चार्ज हुन सक्ने किसिमका बाहेक अनएसेन्बल अवस्थाका सवारीको अन्तःशुल्क ४५ प्रतिशतबाट ६० पुर्‍याइएको छ । मोटरको पिक पावर ५० किलोवाटभन्दा बढी तर एक सय किलोवाट ननाघेको कार, जिप र भ्यानको अन्तःशुल्क ३० बाट घटाएर १० प्रतिशत पुर्‍याइएको छ ।

त्यस्तै, मोटर पिकपावर सय किलोवाटभन्दा बढी तर दुई सय किलोवाटभन्दा कम क्षमताका विद्युतीय कार, जिप र भ्यानको ४५ बाट घटाएर २० प्रतिशत बनाइएको छ । मोटरको पिक पावर तीन सय किलोवाटभन्दा माथिको कार, जिप र भ्यानको ६० प्रतिशत रहेकामा यथावत् राखिएको छ ।

मोटरसाइकलहरु ९मोपेडसहित० र साइड काररहित वा सहित साइकलमा सहायक मोटर जडान गरिएका साइड कारहरुमा दुई सयदेखि दुई सय ५० सिसी क्षमतासम्मका लागि ८० प्रतिशत अन्तःशुल्क लाग्ने गरेकामा घटाएर ६० प्रतिशत बनाइएको छ । दुई सय ५० सिसीभन्दा बढी र चार सय सिसीसम्मको मोटरसाइकल तथा स्कुटरमा सडक निर्माण दस्तुर पनि घटाइएको छ । यस्तो मोटरसाइकलमा प्रतिगोटा रु ५० हजार सडक निर्माण दस्तुर लाग्ने गरेकामा रु २० हजारमा झारिएको छ ।