समाचार

मुग्लिनमा बस दुर्घटना



काठमाडौँ, १६ जेठ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना-५ मुग्लिनमा बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय मुग्लिनका काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग१ख ७७०१ नम्बरको बस मंगलबार दिउँसो ४ बजे मुग्लिनमा दुर्घटना भएको हो । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ । सामान्य घाइतेको मुग्लिन हाइवे हस्पिटलमा उपचार भइरहेको छ भने अन्य घाइतेलाई थप उपचारका लागि भरतपुर अस्पताल पठाइएको छ ।

तीव्र गतिमा रहेको बस अर्को सवारीलाई उछिन्ने क्रममा भित्तामा ठोक्किएर पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अहिले राजमार्ग एकतर्फी मात्र सञ्चालन भएको छ ।