Banner News

राष्ट्रपति पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण



काठमाडौँ, १७ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् ।

आज बिहान राष्ट्रपति पौडेलले विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यलयले जनाएको छ । संसद्का दुवै सदनले पारित गरेर दोस्रोपटक पठाएँदा समेत तत्कालीन राष्ट्रपति विद्या भण्डारीले गत असोजमा रोकिदिएकी थिइन् ।

मन्त्रिपरिषद्को निर्णयका आधारमा राष्ट्रपति पौडेलले त्यही विधेयक प्रमाणीकरण गरेर जारी गरेका हुन् ।