काठमाडौँ, १८ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भारतले चाहेको विषयमा भने नेपालले आँखा चिम्लेरै सहमति जनाएका छन् ।
पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएका सम्झौतामा नेपालको चाहनाका विषयहरु सम्बोधन हुन नसकेको बताएका हुन् ।
प्रधानमन्त्रीको चार दिने भारत भ्रमणका क्रममा बिहीबार उर्जा तथा पारवहन, डिजिटल कनेक्टीभिटी, पेट्रोलियम पाइप लाइन र क्रस बार्डर ट्रान्समिसनमा सहमति भएपछि महासचिव पोखरेलले यस्तो टिप्पणी गरेका हुन् । उनले भारतले चाहेको विषयमा भने नेपालले आँखा चिम्लेर सहमति जनाएको दावी गरेका छन् ।
उनले लेखेका छन्, ‘भारत भ्रमणका क्रममा नेपालको चाहनाको खासै सम्वोधन हुन सकेन । भारतले चाहेको विषयमा भने नेपालले आँखा चिम्लेरै सहमति जनायो । तर पनि भ्रमण सफल भएको भन्नुपर्ने नेपाल सरकारको विवसता !’
प्रतिक्रिया दिनुहोस्