राजनीति

तीन दलद्वारा प्रतिनिधिसभाको बैठक अवरोध



काठमाडौँ, २१ जेठ । आजको प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दलहरुले संसद अवरुद्ध गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्रा पार्टी तथा राप्रपालगायतका पार्टीहरुले संसद अवरुद्ध गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले निष्कृय भएको नागरिकता विधेयक प्रमणीकरण गरेर नागरिकता नपाएका नेपाली जनताले पाउनको लागि नभई विदेशीको इसारामा प्रमाणीकरण गरेको भन्दै विरोध जनाएका हुन् । त्यतै एमालेले नागरिकता विधेयकलाई पुनः ल्याउन आग्रह गर्दै छिटो माध्यमबाट संसदबाट नागरिकता विधेयक संशोधनसहितको विधेय ल्याउन माग गर्नुभयो ।

रास्वपका प्रमुख सचेतक सन्तोष परियारले राष्ट्रहित विपरित तथा जस्केलोबाट प्रमाणीकरण गरिएको विधेयकको भारी आफ्नो पार्टीले नलिने स्पष्ट पार्नुभयो । नेपालको जमिन भारतले आफ्नो नयाँ नक्सामा समेटेर ल्याएकोमा आपत्ती जनाउँदै राप्रपका अध्यक्ष राजेन्द्र लिङदेनले नागरिकता विधेयकमा राष्ट्रपति विदेशीको इसारामा पार्टीको कार्यकर्ता बनि विधेयक प्रमाणीकरण गर्नुभएकोभन्दै आक्रोस जनाउनुभयो ।