समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै गोली चल्यो



काठमाडौँ, २८ जेठ । काठमाडौँको त्रिभुवन विमास्थल नजिकै गोली चलेको छ ।

आज बिहान लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागू औषधका कारोबारीमाथि गोली प्रहार गरेको हो ।

प्रहरीका अनुसार विमानस्थल नजिकैको सिनामंगल स्थित शम्भु मार्गमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा व्युरोको टोलीले गोली चलाएको हो । लागू औषधका कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि गोली चलाएपछि प्रहरी जवाफी फायरिङ गरेको हो ।