धनगढी, ३२ जेठ । कैलालीमा ९ वर्षीय बालकको नदीमा डुबेर मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय बौनियाका अनुसार बर्दगोरिया गाउँपालिका–३ बुटकुवाका ९ वर्षीय अमर विकको पौडी खल्ने क्रममा नदीमा डुबेर मृत्यु भएको हो ।
बुधबार घर नजिकैको काँडा नदीमा साथीहरूसँग पौडी खेल्ने क्रममा डुबी बेहोस भएका उनको बर्दगोरिया अस्पताल बौनियामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्