राजनीति

नेकपा एकीकृत समाजवादीद्वारा समाजवादी मोर्चामा समावेश हुने निर्णय



काठमाडौँ, १ असार । नेकपा एकीकृत समाजवादीले चाँडै घोषणा हुन लागेको समाजवादी मोर्चामा सहभागी हुने निर्णय गरेको छ ।

प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बिहान बसेको सो पार्टीको सचिवालय बैठकले मोर्चामा सहभागी हुने निर्णय गरेको हो ।

बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले मोर्चा आजै घोषणा हुने भनिए पनि दलहरूका आ–आफ्ना तयारी बाँकी नै रहेकाले अझै केही दिन लाग्न सक्ने ब्रिफिङ गरेका थिए ।