समाचार

ललितपुरमा बस दुर्घटना



ललितपुर, २ जेठ । ललितपुरमा आज बिहान बस दुर्घटना भएको छ ।

जिल्ला प्रहरी कार्यालय ललितपुरका अनुसार जिल्लाको लामाटारबाट लगनखेलतर्फ आउँदै गरेको बा२ख ८५८३ नम्बरको बस महालक्ष्मी नगरपालिका–१ बाहुनधारामा दुर्घटना भएको हो ।

गाडीमा २२ जना सवार रहेको र सवारमध्ये केही घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।