अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १९ असार । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार ४ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ९ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।