Banner News

प्रधानमन्त्रीको जवाफ होइन, राजीनामा चाहियो: अध्यक्ष ओली



काठमाडौँ, २० असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सदनमा प्रधानमन्त्रीको जवाफ नभई राजीनामा चाहिएको बताउनुभएको छ ।

बुधबार संसद बैठक अवरुद्ध भएपछि संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डले स्वाभिमान र स्वाधीनताविपरीतको अभिव्यक्ति दिएको भन्दै अब जवाफ नभई राजीनामा चाहिएको प्रष्ट्याउनुभयो । ओलीले राष्ट्रिय स्वाभिमान र स्वाधीनता गिराउने खालको अस्वभनीय र आपत्तिजनक रहेको उहाँले बताउनुभयो ।