Banner News

कांग्रेसको नीति महाधिवेशन दसैँअघि हुन्छ : महामन्त्री शर्मा



काठमाडौँ, २१ असार । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसको नीति महाधिवेशन आउँदो दसैँअघि हुने बताएका छन् ।

आज ललितपुरमा आयोजित जिल्ला सभापतिहरूको भेलामा उनले यही असार २७ गतेदेखि सुरु हुने केन्द्रीय समितिको बैठकपछि नीति महाधिवेशनको अभियान थालिने बताए ।

उनले भने “नीति महाधिवेशन दसैँअघि सक्नु छ । त्यसकारण जिल्ला सभापतिहरूसँग यो बैठक आवश्यक भएको हो,” “केन्द्रीय समिति बैठकपश्चात् अभियान सुरु हुन्छ ।” उनले उपनिर्वाचनपछि नेता–कार्यकर्तामा फरक भावना विकास भएको भन्दै त्यसरी लिनु नपर्ने बताए ।