विराटनगर, २१ असार । नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।
उनले सभामुखलाई समेत जोडेर नयाँ सरकार गठनका लागि दाबी पेश गरेका हुन् । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८(२) बमोजिम दुई वा दुई भन्दा दुई दलका तर्फबाट दाबी पेस गर्न आज ५ बजेसम्मको समय दिएका थिए ।
थापालाई मुख्यमन्त्री बनाउन कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र)का १३, नेकपा (एकीकृत समाजवादी)का ४ र जसपाका १ सांसदको समर्थन छ । मुख्यमन्त्री नियुक्त हुन सभामुखलाई समेत गणना गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्