कञ्चनपुर, २१ असार । कञ्चनपुरको वेदकोट नगरपालिका–५ धरमपुरका ६५ वर्षीय कालुराम ओड महाकाली सिँचाइको नहरमा मृत फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बिहीबार दिउँसो नहरमा हामफालेर बेपत्ता भएका वृद्ध ओड मृत फेला परेका हुन् । ओड वेदकोट–६ घुर्सुवामा नहरमा मृत फेला परेका हुन् । नहरमा हामफालेर बेपत्ता भएपछि उनको खोजी गर्ने क्रममा शव भेटिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्