दैलेख, २४ असार । भैँसीकाे जिउले च्यापिएर दैलेखकाे नारायण नगरपालिका–१० का वडासचिवकाे मृत्यु भएकाे छ ।
प्रहरीका अनुसार वनमा चराउनका लागि लैजाँदै गरेको भैँसी ओरालोमा लड्न लागेको बेला काँध थाप्दा भैँसीको जिउले च्यापिएर ५५ वर्षीय चक्रबहादुर कटुवालको मृत्यु भएको हाे ।
गम्भीर घाइते भएका कटुवालको दैलेख अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्