अर्थ

११ महिनामा १९ करोडभन्दा बढीको तास आयात



काठमाडौँ, २४ असार । चालु आर्थिक वर्षको ११ महिनामा १९ करोड भन्दाबढीको तास आयात भएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार जेठ महिनासम्म नेपालमा विभिन्न देशबाट १९ करोड ८९ लाख ५७ हजारको तास आयात भएको छ ।

तास आयातबाट सरकारले १२ करोड २२ लाख ८६ हजारको राजस्व संकलन गरेको छ । गत वर्षको तुलनामा ६६ लाख ६४ हजार रुपैयाँले तास आयात घटेको हो ।

गत वर्ष सोही समयमा २० करोड ५६ लाख २१ हजार तास आयात भएको थियो ।